logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईका अंगरक्षक खड्का र धिमाललाई रिहा गर्न आदेश

    अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईका अंगरक्षक खड्का र धिमाललाई रिहा गर्न आदेश

    1.5K
    Shares
    अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईका अंगरक्षक खड्का र धिमाललाई रिहा गर्न आदेश

    काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईका अंगरक्षक झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र रामकुमार धिमाललाई आज रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    हतियारसहित पक्राउ परेका निजहरु दुबै जनालाई रिहा गर्न आदेश भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “हतियार सहित पक्राउ परेका खड्का र धिमाललाई आजै रिहाई गर्न आदेश भएको छ, अन्य विवरण के छ अदालतको आदेश पढेपछि मात्रै भन्न सकिन्छ ।”

    सर्वोच्च अदालतका न्यायाधीश डा नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उनीहरुलाई थुनाबाट आजै मुक्त गरिदिनु भनि बिपक्षीहरुका नाउमा बन्दीप्रत्यक्षीकरण आदेश दिएको हो ।

    आदेशमा भनिएको छ, “हतियार इजाजतपत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको हुँदा यी निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसुरमा जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेकोसमेतको अनुसन्धान तहकिकातको कार्य कानुनसम्मत नभई निवेदकको थुना गैरकानुनी देखिन आयो ।”

    यही चैत ५ गते पक्राउ परेका उनीहरुको साथबाट जर्मनमा बनेको एसआरएल २२ एलआर नामक अत्याधुनिक हतियार, त्यसमा लाग्ने म्यागेनिज तथा एक सय राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आफन्तले लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend