
काठमाडौँ – मुक्तिनाथ विकास बैंकले कञ्चनपुर जिल्ला स्थित कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाहरूको वृक्षारोपण गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्याएको बताएको छ।
बैंकले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा आयोजना गरेको थियो। सो कार्यक्रममा बैंकका कर्मचारीहरू, अभियानकर्ता तथा स्थानीय नगरबासीहरूको उपस्थिति रहेको थियो।
बैंकले डिजिटल कारोबारलाइ प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend