
काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।
बैंकको चैत्र १४ गते बसेको संचालक समितिको ३०४औं बैठकले बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकले २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी आगामी ४ बर्षको लागि उपाध्ययलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो। व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन / प्राध्यापन पेशामा संलग्न थिए।
हाल बैंकका सीइओ रहेका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र ३० गते समाप्त हुने भएको हुँदा वैशाख १ गतेदेखि लागु हुने गरि बैंकले उपाध्ययलाई सीइओ नियुक्त गरेको हो। साथै, सोही बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend