आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

जियोल्याण्ड ट्राभल्स १३ बर्ष पूरा गरी १४ औं बर्षमा प्रवेश

जियोल्याण्ड ट्राभल्स १३ बर्ष पूरा गरी १४ औं बर्षमा प्रवेश

काठमाडौं – बालुवाटारमा केन्द्रीय कार्यालय रहेको जियोल्याण्ड ट्राभल्स एंड टुर्स प्रा.लि. १३ औं बर्ष पुरा गरी चौध बर्षमा प्रबेश गरेको छ ।

२०६७ सालमा काठमाडौँबाट शुरु भएको ट्राभल्सले हाल अमेरिका, क्यानडा, प्रोचुगल, युएई र साउदी अरवमा आफ्ना शाखाहरु बिस्तार गरीसकेको छ।

१३ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा जियोल्याण्ड ट्राभल्सका अध्यक्ष शरद कुमार शर्माले छोटो समयमा नै आम ग्राहकको मन जित्न सफल हुँदै विश्वका बिभिन्न देशमा शाखा फैलाउन र नेपाली ट्राभल्स क्षेत्रमा  अग्रणी ट्राभल्स  बन्न सफल भएको भन्दै त्यसलाई निरन्तरता दिने बताए ।

कोभिडको त्रासदीमा समेत बिभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई गन्तब्यसम्म पुर्याउन बिभिन्न चार्टर उडान गरेको स्मरण गर्दै अध्यक्ष शर्माले कठिन समयमा समेत बिचलित नभई निरन्तर यात्रुको सेवाको लागेको  उनको भनाई छ ।

त्यस्तै ट्राभल्सकी म्यानेजिङ डाइरेक्टर सिता गैरेले एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय ट्राभल्सको रुपमा जियोल्याण्ड स्थापित भएको बताउदै यो ठाउँसम्म आउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरीन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend