सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै नाउपाका दुई प्रदेश अध्यक्ष पार्टीबाट निष्कासित

कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै नाउपाका दुई प्रदेश अध्यक्ष पार्टीबाट निष्कासित

काठमाडौँ । कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जना प्रदेश अध्यक्ष पार्टीबाट निष्कासन भएका छन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी छन ।

पार्टीको विधान २०७८ को धारा १७ को उपधारा (क) को (२) (४) बमोजिम र सोही विधानको धारा १७ (४) बमोजिक निजहरुलाई पार्टीबाट आजै पदमुक्त गरि निस्कासन गरिएको उक्त पत्रमा उल्लेख छ ।

अध्यक्ष श्रेष्ठले पठाएको पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरु रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले निष्कासन गरिएको उल्लेख गरिएको छ ।

पछिल्लो समय सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच विवाद बढ्दै गएको छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि संरक्षक रेशम चौधरी त्यसको विपक्षमा रहेका छन् ।

यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा अध्यक्ष रन्जिता र संरक्षक रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend