logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सेयर बजार झिनो अंकले गिरावट

    सेयर बजार झिनो अंकले गिरावट

    962
    Shares
    सेयर बजार झिनो अंकले गिरावट

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ७३ अंकले ओरालो लागेर २ हजार ४ दशमलव शून्य पाँचमा अंकमा सीमित भएको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अंकले ओरालो लागेर ३ सय ५५ दशमलव ४२ मा झरेको छ । विभिन्न कम्पनीका ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता शेयर ऋ ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३ सय सातमा कारोबार भएको छ ।

    कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु २३ करोड ३२ लाख ९१ हजार छ सय १२ बराबरको कारोबार भयो।

    शिवम् सिमेन्ट रुपैँया १८ करोड ३८ लाख ६७ हजार ४ सय, सर्वोत्तम सिमेन्ट रुपैँया १८ करोड २४ लाख ७१ हजार ५ सय ५६, सूर्यज्योति लाइफ इन्स्योरन्स रु छ करोड २३ लाख र सोनापुर मिनरल्स रुपैँया छ करोड २ लाख ९३ हजार ८ सय ५३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै मनकामना स्मार्ट लघुवित्तको ९दशमलव ९९, गुराँस लघुवित्तको ९ दशमलव ९७, तारागाउँ रिजेन्सी होटलको ९ दशमलव ९०, रविन नेपाल लघुवित्तको शेयर मूल्य ९ दशमलव २१ प्रतिशतले बढेको छ ।

    साथै पिपल्स पावरको ९ दशमलव शुन्य ५, सर्वोत्तम सिमेन्टको ५ दशमलव ८५, रिभर फल्स पावरको ४दशमलव शून्य ९, इमर्जिङ नेपालको ३ दशमलव ४६ र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ३ दशमलव ३१ प्रतिशतले घटेको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend