logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • दैनिक बढ्दै आँखाका रोगी : ८ महिनामा नेपाल आँखा अस्पतालमा पुगे १ लाख बढी बिरामी

    दैनिक बढ्दै आँखाका रोगी : ८ महिनामा नेपाल आँखा अस्पतालमा पुगे १ लाख बढी बिरामी

    1.4K
    Shares
    दैनिक बढ्दै आँखाका रोगी : ८ महिनामा नेपाल आँखा अस्पतालमा पुगे १ लाख बढी बिरामी

    काठमाडौँ । कोभिड—१९ महामारीपछि नेपालमा आँखाका बिरामीहरु बढेका छन् ।कोरोना भाइरसपछि बालबालिकाहरुमा पनि आँखाको रोग बढ्दै गएको तथ्यांक बाहिरिएको हो ।

    नेपाल आँखा अस्पतालले आईतवार पत्रकार सम्मेलन गर्दै नेपालमा दिनप्रतिदिन आँखाका बिरामीहरु बढ्दै गएको भन्दै आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका सचिव यज्ञध्वज सापकोटाले अर्थिक वर्ष २०८१\०८२ को ८ महिनामा अस्पतालमा आँखाका बिरामी बढ्दै गएको बताए । उनले यो अवधिमा झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिएको बताए । उनले इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएको बताए । उनले आँखाको रोग शुरुवाती उमेर र वृद्ध उमेरमा बढी देखिने भएपनि कोभिड १९ पछि बालबालिकाहरुमा धेरै मात्रामा रोग देखिएको बताए ।

    उनले अस्पतालले १६ वर्ष उमेर पुगेका भन्दा कम उमेर समूहका १५ हजार भन्दा बढी बालबालिकाको यस आठ महिनाको अवधिमा उपचार गरेको बताए। उनले ३ हजार ५ सय ९८ सर्जरी गरेको पनि बताए ।

    उन्ले अस्पताल आउन नसक्नेहरुलाई दूरदराजमै पुगेर आठ महिनाको अवधिमा ७२१ जनाको शल्यक्रिया गरेको बताउनु भयो । दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेको बताए ।

    उनले भने ‘यस अर्थिक वर्ष २०८\०८२ को ८ महिनाको तथ्यांकअनुसार झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिइसकेका छौँ । इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएका छौँ ।

    आँखाको रोग कस्तो हुन्छ भने हाम्रो उमेरको शुरुवातमा बढी समस्या हुन्छ, की प्रौढ अवस्थामा बढी समस्या हुन्छ । बच्चाहरुमा १६ वर्ष उमेर पुगेका भन्दा कमकामा पनि हामीले १५ हजार भन्दा बढी बालबालिकाको उपचार सेवा दिएका छौँ । ३ हजार ५ सय ९८ सर्जरी गरिएको ८ महिनामा गरेका छौँ ।

    अस्पतालले यहाँ आउन नसक्नेहरुलाई दूरदराजका बिरामीहरुलाई पनि सेवा उपलब्ध गराउने कार्यक्रम गरेका छौँ । दूरदराजमा ७२१ जनाको शल्यक्रिया गरेका छौँ । हाल यस अस्पतालमा आउने झन्डै दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेका छौँ । विद्यार्थीहरुको आँखा जाँच गरी निःशुल्क परीक्षण गर्ने काम गरेका छौँ ।

    कोभिड पछि आँखाको समस्या बालबालिकाहरुमा बढी देखिएको छ । गत ८ महिनामा १५ हजार बढी स्कुले विद्यार्थीको आँखा जाँच गरेका छौँ। एक हजार भन्दा बढी निःशुल्क चश्मा वितरण गरेका छौँ । आँखा अस्पतालमा भविष्यमा बिरामीहरु अझ बढ्ने क्रम रहेको छ । फिजिकल स्पेस बढाउनेतर्फ हामीले सोचिरहेका छौँ ।’

    उनले विद्यार्थीहरुको आँखा जाँच गरी विपन्नलाई निःशुल्क चश्मा वितरण गरेको पनि बताउनु भयो । गत ८ महिनामा १५ हजार बढी विद्यार्थीहरुको आँखा परीक्षण गरी १ हजार भन्दा बढी विपन्न विद्यार्थीलाई चश्मा वितरण गरेको बताए।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend