logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • इन्धन चुहिएपछि समिट एयरको जहाज धनगढीमा ग्राउन्डेड

    इन्धन चुहिएपछि समिट एयरको जहाज धनगढीमा ग्राउन्डेड

    1.2K
    Shares
    इन्धन चुहिएपछि समिट एयरको जहाज धनगढीमा ग्राउन्डेड

    काठमाडौँ । जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएपछि समिट एयरको जहाज सोमबारदेखि धनगढी विमानस्थलमा ग्राउन्डेड गरिएको छ ।

    कैलालीको धनगढीबाट सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङका लागि सोमबार उड्नै लागेको समिट एयरको जहाजको पंखा नजिकबाट इन्धन चुहिएपछि ग्राउन्डेड गरिएको हो ।

    नाइन एनएमजी कल साइन भएको उक्त जहाजमा इन्धन चुहिएको बारे जहाजमा रहेका यात्रु अशोकबहादुर सिंहले एयर होस्टेजलाई जानकारी दिएपछि मात्रै चालक दलका सदस्यलाई विमानमा आएको खराबीबारे जानकारी भएको थियो ।

    त्यसपछि उड्नै लागेको जहाजको पंखा बन्द गरी उडान रद्द गरिएको धनगढी विमानस्थलले जनाएको छ ।

    जहाज ग्राउन्डेड भए लगतै विमानस्थल स्थित अग्नी नियन्त्रकको टोलीले जहाजको निरीक्षण गरेको थियो । काठमाडौँबाट इन्जिनियर आएर बिमानको मर्मत गरिसकेपछि मात्रै उडान हुने समिट एयरले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend