logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिने

    प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिने

    1.6K
    Shares
    प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिने

    काठमाडौँ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाइ गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिने भएको छ ।

    पारिवारिक कामकाजले डोटी आउन लागेका प्रधान न्यायधीस श्रेष्ठलाइ आउदो वैशाख २ गते नागरिक अभिनन्दन गरिने जनाइएको छ । दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिंह खड्का र पूर्वीचौँकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायको नेतृत्वमा डोटेली नागरिकका तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

    यहाँको प्रशिद्ध शक्तिपिठ शैलेश्वरी मन्दिरको प्रांगणमा बाजागाजाका साथ डोटेली सांस्कृतिक कार्यक्रम सहित अभिनन्दन गरिने तयारी भएको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिंह खड्काले बताए । ‘न्यायलय क्षेत्रको अग्रणी भूमिकामा पुग्नु हुने डोटेली पुत्र पाउनु सवै डोटेलीका लागि गौरबपूर्ण कुरा हो’, नगरप्रमुख खड्काले भने, ‘डोटेली नागरिकका तर्फवाट उहाँलाई नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ ।’

    शाखा अधिकृतका रुपमा २०३८ सालमा सरकारी सेवामा प्रवेश गर्नु भएका श्रेष्ठ २०१६ साल असोज २० गते डोटीको जिल्ला सदरमुकाम सिलगढी स्थित इन्द्रचौँकमा जन्मिएका हुन् । पुख्र्यौली घर सिलगढी डोटी भएका श्रेष्ठ २०८० साल भदौँ ४ गते सर्वोच्च अदालतको प्रधान न्यायधिसमा नियुक्त भएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend