
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ। विभिन्न ठाउँबाट र्यालीसहित आएको टोली प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन्।
सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै राप्रपाले प्रदर्शन गरेको जानकारी दिएको छ । राप्रपाको प्रदर्शन प्रदर्शनीमार्ग, भद्रकाली, सिंहदरबार अगाडिलगायत क्षेत्रमा केन्द्रित छ।
निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा र बल प्रयोग पनि गरेको छ। बल प्रयोगबाट केही घाइते भएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend