logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    नर्भिक हस्पिटल ३१औं वर्षमा, सेवा विस्तारमा साढे २ अर्ब लगानी थप्दै

    नर्भिक हस्पिटल ३१औं वर्षमा, सेवा विस्तारमा साढे २ अर्ब लगानी थप्दै

    3.6K
    Shares
    नर्भिक हस्पिटल ३१औं वर्षमा, सेवा विस्तारमा साढे २ अर्ब लगानी थप्दै

    काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नर्भिक इन्टरनेसनल हस्पिटल लिमिटेड ३१ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहितको नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट स्वास्थ्य सेवा सुरु गरेका थिए । नर्भिक अहिले मुलुककै निजी क्षेत्रको ‘मल्टी स्पेस्यालिटी’ हस्पिटल बनेको छ ।

    सञ्चालनमा आएको केही वर्षपछि अर्थात सन १९९७ मा आएर निर्भिकले मुटु रोग उपचार सेवा विस्तार गरेको हो । नर्भिकले भारतको स्कर्ट हर्ट इन्टिच्युटको सहकार्यमा ‘हर्ट कमान्ड सेन्टर’ स्थापना गरेको थियो । सेवा विस्तारको क्रममा सन् १९९९ मा नर्भिकले न्युरोलोजी सेवा सुरु गरेको हो । २००४ मा प्रसुती सेवा र २००५ मा युरोलोजी तथा सिटी स्क्यान सेवा सुरु गरेको थियो ।

    सन् २००६ मा आएर नर्भिकले घुँडाको ‘रिप्लेसमेन्ट सर्जरी’ गरेको थयो । २००८ मा आएर अस्पतालले गंगादेवी चौधरी क्याथल्याव स्थापना गरेको हो । २०१३ मा गाइनोलोजी सेवा सुरु गरेको थियो । २०२२ मा रेनल टूान्सप्लान्टेसन सुरु गरेको हो ।

    सेवा विस्तार गर्न साढे २ अर्बमा भवन निर्माण

    नर्भिक इन्टरनेसनल हस्पिटलले २ अर्ब ३८ करोड रुपैयाँ लगानीमा सेवा विस्तार थालेको छ । २०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण गरिरहेको छ ।

    नर्भिकले अस्पतालको क्षमता बढाएर २ सय बेड पुर्याउने भएको छ । नर्भिकको अहिले १ सय ४० बेड क्षमता छ । ३० सामान्य र जटिल बिरामीका लागि उपचार गर्न ३० बेड थप्ने नर्भिकको योजना छ।
    पूर्व घोषणाअनुसार नर्भिकले अहिलेको पार्किङ स्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न ८ तले भवन निर्माण गरिरहेको छ । निर्माणाधीन अस्पताल आगामी सन् २०२५ मा पूरा हुने अनुमान छ ।

    अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्टूक्सन प्रालिसँग सम्झौतासमेत गरेको छ । नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर टिूटमेन्ट’ सहितको आधुनिक र सुविधासम्पन्न हुनेछ । कूल १ लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बन्ने छ । नर्भिकमा बिएलसी होल्डिङस्को ५१ प्रतिशत स्वामित्व छ भने बाँकी वसन्त चौधरीको छ ।

    बिएलसीको उद्योग, व्यापार, बैंकिङ र सेवा क्षेत्रमा लगानी छ । नर्भिकमा सातजनाको सञ्चालक समिति छ । नर्भिकका संरक्षक र संस्थापक अध्यक्ष वसन्त चौधरी छन् । अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंह हुन् । यस्तै नर्भिकको प्रवन्ध सञ्चालक मेघा चौधरी छिन् । नर्भिकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्र रहेका छन् ।

    अस्पतालमा १ सय ५० चिकित्सक र साढे ८ सय मेडिकल स्टाफ कार्यरत छन् । अस्पताल काठमाडौं थापाथलीमा छ ।

    प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न लागेको नर्भिक इन्टरनेसनल हस्पिटल पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । नर्भिक अस्पतालका साथै मेडिकल कलेज पनि सञ्चालनमा छ । २०२१ जुलाइ १७ मा नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो ।

    प्लाष्टिकजन्य वस्तुको प्रयोगमा निषेध

    स्थापनाको ३१औं वार्षिकोत्सव तथा नयाँ वर्ष २०८१ को अवसरमा अस्पतालले विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । यसै अवसरमा हस्पिटलले पूर्ण रुपमा प्लाष्टिकजन्य प्रयोगलाई निषेध गर्ने नीति लिएको छ । पहिलो चरणमा प्रयोग भइरहेका प्लाष्टिकका झोलाहरुलाई प्रतिस्थापन गरी वातावरणमैत्री कम्पोष्टेवल (बायोडिग्रेडेबल) झोलाहरुको प्रयोगको शुरुवात गरेको छ ।

    यसै अवसरमा समाज र राष्ट्रिय स्तरमै जनचेतना फैलाउने, स्वास्थ्य उपचार तथा रोग रोकथामका बारेमा जनस्तरमै स्वास्थ्य सम्बन्धी जानकारी पुर्याउने उद्देश्यले चेतनामूलक भिडियोहरुको निर्माण गरी सिजी इन्टरटेनमेन्टको माध्यमबाट प्रशारण सुरु गरिएको अस्पतालले जनाएको छ । वार्षिकोत्सको अवसरमा २०८१ साल वैशाखभरी अस्पतालका सम्पूर्ण प्रिभेन्टीभ हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको व्यवस्थासमेत गरिएको नर्भिकले जानकारी दिएको छ ।

    वार्षिकोत्सवकै अवसरमा देशव्यापी रुपमा रगतको चरम अभाव भइरहेको कुरालाई मध्यनजर गरी यस अस्पतालको ब्लड बैंकमा जम्मा हुनेगरी २०८० चैत्र २९ गते अस्पतालका कर्मचारीहरुको सहभागितामा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend