logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • दुबईमा दुईतले बस चलाउने हिम्मतवाली शान्ती, नेपाली चेलीको कर्म देखेर पर्यटक पर्छन तीन छक

    दुबईमा दुईतले बस चलाउने हिम्मतवाली शान्ती, नेपाली चेलीको कर्म देखेर पर्यटक पर्छन तीन छक

    2.4K
    Shares
    दुबईमा दुईतले बस चलाउने हिम्मतवाली शान्ती, नेपाली चेलीको कर्म देखेर पर्यटक पर्छन तीन छक

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी दुबईमा दुईतले ‘बिगबस’ चलाउने नेपाली चेली शान्ति भण्डारी सेतो सर्ट, कालो पाइन्ट र कालो चस्माको हुलियामा भेटिन्छिन् ।

    ओखलढुङ्गाकी शान्तिका पिता अमरबहादुर भण्डारी र आमा देउमाया भण्डारीकी छोरी शान्ती अनेकन बाधा झेल्दै दुबईसम्म पुगेकी हुन् । उनी सन् २०१५ मा भिजिट भिसामा दुबई आई ब्युटिसियन पेसामा आबद्ध भएकी थिइन् । त्यसपश्चात युएईको अबुधावीमा ट्याक्सी गुडाउने शान्ति अहिले दुई तले (डबल डेकर) बसको चालक बनेर चर्चा कमाएकी छिन् ।

    दुबईमा घुम्न आउने विभिन्न देशका नागरिकले उनको तारिफ गर्छन् । त्यतिमात्र हैन् ति देशका सञ्चार माध्यममा उनको सफलताको कथाले प्राथामिकता पाउने गरेको छ । विदेशीबाट तारिफ र प्रसंशा पाउँदा झनै हर्षित भएको चालक भण्डारी बताउछिन् ।

    उनी भन्छिन्, ‘प्रत्येक पार्किङमा गाडी रोक्ने बित्तिकै उहाँहरुले फोटो खिच्दा म निकै हर्षित हुन्छु । जेब्राक्रसबाट बाटो काट्दै गर्दा पनि पछि फर्केर हेर्दै प्रशंसा गर्दा निकै खुसी लाग्छ ।’

    सुरुमा न्युनतम तलबमा ब्युटिसियनको रुपमा आफ्नो वैदेशिक यात्रा सुरु गरेकी उनले युएईको लाइसेन्स प्राप्त गर्न एक यातायात कम्पनीमा स्कुल बस सुपरभाइजरको काम रोजेको बताउछिन् । उनले सन् २०१७ मा सवारीको लाइसेन्स प्राप्त गरेर अलगजल यातायातको ट्याक्सी चालकको रुपमा काम गरेको बताउछिन् ।

    उनी भन्छिन, ‘पार्लरको भिसामा सन् २०१५ मा आएर त्यसबेला लाइसेन्स लिन नमिल्ने थियो । किनभने त्यसबेला भिसा स्टाटस अनुसारको एनओसी लिएर जानुपथ्र्यो । लाइसेन्स नआएपछि मैले यातायात कम्पनीमा गएपछी लाइसेन्स लिन सजिलो भयो । सुरुमा डबल डेकर भएको भएर अली गाह्रो हुन्छ । अग्लो धेरै भएको भएर ध्यान दिएर चलाउन पर्छ । अग्लो धेरै भएको हुनाले रुटबाट बाहिर जाने बित्तिकै कसरी व्यवस्थापन गर्ने त्यो धेरै जान्नुपर्छ । त्यसको लागि मैले तालिम लिएको र ५ वर्ष ट्याक्सी चलाएको भएर दुबईको सडकको ज्ञान भएको हुनाले सजिलो भयो ।’

     

    उनिले बिगबस चलाउन लागेको ४ महिना भएको छ । मध्यपूर्वमा हेभी बस चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने पहिलो नेपाली महिला भएको थाहापाउँदा आफैलाई गर्व लाएको उनले सुनाउछिन् ।
    शान्तीले बिग बस नचलाउदै अबुधावी कै सिटी बस चलाउने आवेदन दिएको र अन्तर्वार्तामा पनि सफल भएकी सुनाइन् । आवुधावी सहर परिक्रमा गर्ने कम्पनीको नीति र स्थानीय नीति बाधक बनेको उनले बताइन ।

    महिला भएकै कारण सुरुमा डबल डेकर बिगबस कम्पनीले पनि रुची नदेखाएको र त्यो बेला मध्यपूर्वकै पर्यटन क्षेत्रमा कोही पनि महिला बस चालक नभएको हुनाले आफ्नो हुटहुटीलाई यसले रोक्न नसकेको उनी बताउछिन् । बिगबस कम्पनी हेर्ने मध्यपूर्वका क्षेत्रीय निर्देशक माइकल लिसले साथ दिएर पहिलो महिला दुईतले बस चालकको रुपमा नियुक्त दिएको उनले बताइन ।

    उनी भन्छिन्, ‘अहिलेसम्म मैलै ठुलो बस नचलाएको अवस्थामा बिगबसले एकै पटक यत्रो अवसर दिनु एउटा सौभाग्यको कुरा हो । त्यै पनि डबल डेकर बस त्यसमा पनि पर्यटकीय क्षेत्रमा म नै पहिलो महिला हो । पहिले मलाई भिसा लाउने बेला पनि भिसा रिजेक्ट भएर मेरो जिएम गएर फेरी अरु डकुमेन्ट राखेर मेरो भिसा लाएको थियो ।’

    उनी आबुधावीमा बस्ने गरेकी छिन् । कामको लागि दैनिक दुबई जान्छिन् । उनको यो यात्रामा भेटिने नेपालीलाई सहयोग गर्छिन । सहर घुम्दा उनीसँगै ठूला कम्पनीका सञ्चालक र विदेशी लगानीकर्ता उत्तिकै भेटिने शान्ती सुनाउछिन् । उनको यो भेटघाट र सौहार्दपूर्ण वातावरणले उनले धेरै नेपालीलाई काम लगाइदिनेदेखि समस्यामा परेकालाई सहयोग गर्दै शान्तीले दुबईमा नेपालीकै सान उचो बनाइरहेकी छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend