logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • माडीमा विधुत् सेवा अवरुद्ध

    माडीमा विधुत् सेवा अवरुद्ध

    468
    Shares
    माडीमा विधुत् सेवा अवरुद्ध

    भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल)मा समस्या आएपछि माडीमा विधुत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विधुत् अवरुद्ध भएको थियो ।

    अरुद्ध सेवा मर्मतपछि मंगलबार साँझदेखि ५ संचालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विधुत् अवरुद्ध भएको नेपाल विधुत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इञ्जीनीयर विनोद सापकोटाले जानकारी दिए । उनले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकिएको बताए ।

    आज दिनभरमा विधुत् सेवा नियमित संचालनको प्रयास गरिने भन्दै पुनःमर्मतका लागि कति समय लाग्ने भन्ने टुङ्गो नभएको सापकोटाले बताए । “आज मर्मतको काम सकेर बेलुकासम्म विधुत् सप्लाई गर्न सकिन्छ कि भन्ने छ । अहिल्यै भन्न सक्ने अवस्था भने छैन”, उनले भने । निकुञ्जभित्रको भूमिगत तार पड्किदा माडीमा पटक–पटक विधुत सेवा अवरुद्ध हुँदै आएको छ ।

    निकुञ्जभित्र आठ किलोमिटरमा चनौली–जगतपुर–माडी ३३ केभी सव–प्रसारण लाइनको केबल भूमिगत गरिएको छ । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भए पनि काम सुरु भइनसकेको इञ्जीनीयर सापकोटाले बताए ।

    पटक–पटक विधुत् अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन प्रभावित भएको छ भने उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, संचारमाध्यमलगायत सबै क्षेत्र समस्यामा परेका छन् ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend