logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८०’ बाट डा. परियार पुरस्कृत

    कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८०’ बाट डा. परियार पुरस्कृत

    559
    Shares
    कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८०’ बाट डा. परियार पुरस्कृत

    काठमाडौँ । ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ बाट अधिकारकर्मी डा विष्णुमाया परियार पुरस्कृत भएकी छन् ।मानव अधिकार एवं सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याएको भन्दै मानवअधिकार तथा शान्ति समाजले आज उनलाई एक लाख १० हजार राशिबाट पुरस्कृत गरेको हो ।

    २५ वर्ष भन्दा बढी अधिकारको आन्दोलनमा योगदान दिएकी डा परियार राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा सम्मानित तथा पुरस्कृत भइ सकेकी छन्। उनले यो पुरस्कार एकदमै विशेष रहेको बताइन्।

    उनले भनीन्, “धेरै अन्तर्राष्ट्रियस्तरबाट सम्मानित भएँ तर मातृभूमिले दिएको यो पुरस्कार विशेष छ ।” यो ठाउँसम्म आइपुग्न बुवाको योगदानको चर्चा गर्दै उनले भनीन्, “दलित भनेर विभेद गरिन्थ्यो । बुवाले विभेदका विरुद्ध लड्न सिइन् । हरेक बुवाले छोरीलाई समानता र स्वतन्त्रता दिए सफलता प्राप्त गर्न सक्नेछन् ।”

    गोरखामा जन्मीएकी ५१ वर्षीया डा परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा–७ को पाठ्यक्रममा सङ्लग्न छ ।

    अधिकारका क्षेत्रमा क्रियाशील संस्था एशोसिएशन फर दलित वुमन्स एड्भान्समेन्ट अफ नेपाल (एड्वान) का संस्थापक अध्यक्ष डा परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन् ।

    म्यानर कलेजले सन् २०१३ मा मानार्थ डि।लिट (डक्टर अफ लेटर्स) ले सम्मान गरेको थियो । डा परियारका दुई वटा कृति प्रकाशित छन् । मानवअधिकार तथा शान्ति समाजद्वारा समाजसेवा\सामाजिक न्यायको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्न विसं २०७६ मा यो पुरस्कारको स्थापना गरिएको हो ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend