logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • गोविन्द केसीको धम्की : तीन हप्ताभित्र चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन नगरे सत्याग्रह बस्छु

    गोविन्द केसीको धम्की : तीन हप्ताभित्र चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन नगरे सत्याग्रह बस्छु

    663
    Shares
    गोविन्द केसीको धम्की : तीन हप्ताभित्र चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन नगरे सत्याग्रह बस्छु

    काठमाडौँ ।अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् ।

    शनिवार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उनले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गरेका हुन् ।

    यसअघि आफूसँग गरिएका माग पूरा गर्न तीन हप्ताको समय दिएको पनि बताए । उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको ‘अल्टिमेटम’ दिँदै तीन हप्ताभित्र नागरिक अधिकारको पुनःस्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय,

    पीडकलाई सजाय र कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरुलाई कारबाही गर्न माग गरे।उच्च शिक्षा सम्बन्धी ऐन तत्काल पारित गर्न र सबै सम्झौताहरु कार्यान्वयन नभए सत्याग्रह बस्ने चेतावनी दिए ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend