logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • जसपाले बोलायो मन्त्री फिर्ता, अहिरले दिए राजीनामा

    जसपाले बोलायो मन्त्री फिर्ता, अहिरले दिए राजीनामा

    3.4K
    Shares
    जसपाले बोलायो मन्त्री फिर्ता, अहिरले दिए राजीनामा

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै सो पार्टीले मन्त्री फिर्ता बोलाएको हो ।

    पार्टीले मन्त्री फिर्ता बोलाए पछि सरकारमा गएका भण्डारीलाल अहिरले राजीनामा राजीनामा बुझाएका हुन् । उनले शनिबार नै राजीनामा बुझाएका थिए । माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए ।

    ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए । तर जसपाले पदभार ग्रहण नगर्न निर्देशन दियो । दलकै निर्देशनमा उनले राजीनामा दिएका छन् ।

    सरकार गठनका क्रममा मुख्यमन्त्री महराले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने लिखित सहमति नै गरेका थिए ।

    प्रदेशमा ३ सांसद भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । ८३ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा मुख्यमन्त्री महरासँग बहुमत (४४) मत मात्र छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend