logo

२०८१ जेष्ठ १५ मंगलबार

logo
  • मंगलबार, १५ जेष्ठ २०८१
  • लागु औषध सहित २ जना पक्राउ

    लागु औषध सहित २ जना पक्राउ

    702
    Shares
    लागु औषध सहित २ जना पक्राउ

    काठमाडौं । चामलको बोराभित्र लागु औषध लुकाएर ओसारपसार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका ११ वनौलीका ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका ११ घर भएका ४ वर्षकै कमल अधिकारी छन् ।

    लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ६ वैशाखमा नागढुंगा चेकपोष्टबाट डाइजापाम, नोर्फिन र फेनारगन गरी ३ हजार ३०८ ट्याब्लेटसहित मुखियालाई प्रहरीले पक्राउ गरेको थियो ।

    चामलको बोराभित्र लुकाएर उनले उक्त लागु औषध ल्याएका थिए । उक्त लागु औषध काठमाडौं आइसकेपछि अधिकारीले बेच्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी रामेश्वर कार्कीले बताए । पक्राउ परेका दुबै जनाविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend