logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनता घरमा सरकार सडक टल्काउदै (भिडियो सहित)

    जनता घरमा सरकार सडक टल्काउदै (भिडियो सहित)

    5.6K
    Shares

    सुनौलो नेपाल –  लकडाउनको आज १७ दिन अत्यावाश्यक काम परेका बाहेक यतिबेला सबैजना घरमा छन् घरमा बसेकाले सोच्दै होलान सडक सबै सुनासन छ।

    तर यहि सुनासन सडकको मौका छोप्दै सरकारले धमाधाम सडक टल्काउन थालेको छ।   धुलो र हिलोले आक्रान्त बनेको काठमाडौंका सडकको स्वरुप यतिबेला फेरिन थालेको छ ।

    लकडाउनमा पनि खाल्डाखुल्डी पुर्ने र मर्मतका कामले प्राथमिकता पाएपछि सडकको स्वरुप फेरिन थालेको हो । लकडाउनमा पेन्टिङ र मार्किङ तथा जेब्राक्रसहरु बनाउने कामले तिब्रता पाएको छ ।

    भौतिक पूर्वाधार मन्त्रीको रुपमा बसन्त नेम्बाङ्ग आएपछि  बितेको तीन महिनामा काठमाडौंका मुख्य मुख्य सडकगरि साढे नौ हजार खाल्डाखुल्डी परिएका छन् ।

    सडकमा आवागमन कम भएकाले विभागले रातमा गर्दै आएको काम दिउँसो नै गर्न सुरु गरेको छ । यसले मार्किङको काम गर्ने प्राविधिक कामदारहरुलाई पनि सहज भएको छ ।

    काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९ विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको बताउनुभयो ।

    सडक विभागले लकडाउन अघिसम्म काठमाडौंका विभिन्न सडकहरु कालोपत्रे गरेको थियो । आवधिक मर्मतलाई प्राथमिकतामा राखेको विभागले यस वर्ष काठमाडौंका सडकलाई विगतका वर्षमा भन्दा स्तरीय बनाएको छ । सडकको मार्किङलाई पनि प्रभावकारी बनाइएको छ ।

    हेर्नुहोस भिडियो 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend