logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • मदिराको तालमा परियारले लाए आफ्नै घरमा आगो, घर जलेर खरानी

    मदिराको तालमा परियारले लाए आफ्नै घरमा आगो, घर जलेर खरानी

    3K
    Shares
    मदिराको तालमा परियारले लाए आफ्नै घरमा आगो, घर जलेर खरानी

    काठमाडौँ । मादक पदार्थ (दारु) सेवन गरी एक जनाले आफ्नै घरमा आगो लगाएका छन् ।

    आफ्नो घरमा आगो लगाउनेमा गुल्मीको धुर्कोट गाउँपालिका– ६ रजस्थल बस्ने ५९ वर्षीय रेखबहादुर परियार रहेका प्रहरीले जनाएको छ ।

    परियारले आफ्नो घरमा आगो लगाएपछि स्थानीयका घरहरुमा पनि आगो लगाउने धम्की दिएका थिए । मदिरा सेवन गरी आफ्नो घरमा आगो लगाउँदा घर जलेर पुर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

    आफ्नै घरमा आगो लगाउने परियारलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend