logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ : इरान

    इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ : इरान

    1.2K
    Shares
    इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ : इरान

    सिन्ह्वा । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे इरानको देशले कठोर प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

    सिरियामा रहेको इरानी वाणिज्य दुतावास विरुद्ध अप्रिल १ मा भएको घातक इजरायली हमलाको जवाफमा इरानले इजरायल विरुद्ध हालै गरेको ठूलो प्रतिकारात्मक सैन्य कारबाहीमा टिप्पणी गर्दै उनले राजधानी तेहरानमा सो टिप्पणी गरेका हुन् ।

    कनानीले इरानको कुटनीतिक परिसरमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र नियमहरूको आक्रामक उल्लङ्घन भएको बताए ।

    उनले तेहरानले आफ्नो प्रतिशोधात्मक अपरेशन समाप्त भएको र यसको उद्देश्यहरू हासिल भएको ठानेको भन्दै यदि इजरायलले अर्को गल्ती गरे इरानको प्रतिक्रिया कठोर र अधिक निर्णायक हुने चेतावनी दिए । रासस

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend