logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाली श्रमिकलाई ‘राम्रो सुविधा’ हुने क्षेत्रमा रोजगारी दिने कतारका अमिर शेखको आश्वासन

    नेपाली श्रमिकलाई ‘राम्रो सुविधा’ हुने क्षेत्रमा रोजगारी दिने कतारका अमिर शेखको आश्वासन

    702
    Shares
    नेपाली श्रमिकलाई ‘राम्रो सुविधा’ हुने क्षेत्रमा रोजगारी दिने कतारका अमिर शेखको आश्वासन

    काठमाडौं । मंगलबारदेखि नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटवार्तामा आफ्नो मुलुकका आकर्षक क्षेत्रहरूमा नेपाली कामदार लैजान योजना बनाएका् बताएका छन्।

    राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले कतारमा रहेका नेपाली श्रमिकहरूका हक अधिकारको रक्षा, सेवासुविधाको कुरा समग्रमा राष्ट्रपतिले पौडेलले राखेको बताए । उनले कतारका अमिरले नेपाली श्रमिकहरूलाई अझ राम्रो क्षेत्रहरूमा लैजाने योजना रहेको जानकारी दिएको बताए । त्यसबाहेक नेपाल र कतारबीच भावी सहकार्यका बारेमा पनि कुराकानी भएको थियो।

    कतारका अमिरले यो भ्रमणले नेपाल र कतारबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने बताएका छन् । अब कतारले नेपालको जलस्रोत, कृषि, खाद्यान्न र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन सकिने सम्भावनाको ढोका खोलेको उनको भनाई थियो ।

    कतारका अमिरले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। अधिकारीहरूले श्रम सम्झौता नवीकरण लगायतका मुद्दा यो भ्रमणका क्रममा उठाउने बताए पनि अहिलेसम्म खेलकुद, सञ्चारसहित कतिपय विषयमा सम्झौता र समझारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ।

    कतार नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्य हो। त्यहाँ झन्डै पाँच लाख नेपाली कार्यरत छन्। कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

    अपराह्न ४ बजेतिर विशेष विमानमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। त्यहाँबाट कतारका अमिर सोझै राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।

    अधिकारीहरूले राजकीय भ्रमणसँग सम्बन्धित तीनवटा विमानहरू मङ्गलवार र एउटा विमान सोमबार नेपालमा अवतरण भएको जनाएका छन्।

    राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा मङ्गलवार साँझ नै राजकीय भोज आयोजना गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका उच्चपदस्थ अधिकारीहरू उक्त राजकीय भोजमा सहभागी भएका थिए ।

     

     

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend