logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • हात्ती उपहार दिने सम्झौतामा आज हस्ताक्षर नहुने

    हात्ती उपहार दिने सम्झौतामा आज हस्ताक्षर नहुने

    1.8K
    Shares
    हात्ती उपहार दिने सम्झौतामा आज हस्ताक्षर नहुने

    काठमाडौँ । नेपालले कतारलाई हात्ती उपहार दिने सम्झौतामा आज हस्ताक्षर नहुने भएको छ । अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले हात्ती उपहार दिने सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हात्ती उपहार दिने भनेर प्रधानमन्त्रीले घोषणा गरेपनि तर त्यस सम्झौतामा हस्ताक्षर भने हुने छैन, अन्तर्राष्ट्रिय सन्धि (साइटिस) को प्रक्रिया दुवै पक्षबाट पूरा गर्न बाँकी रहेकाले हात्ती उपहार दिने सम्झौतामा हस्ताक्षर नहुने भएको हो ।

    नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुँदैछ ।

    होटल सोल्टीमा उक्त भेटवार्ता कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारका राजासहितको टोली सहभागी हुनेछ ।

    त्यसपछि कतारी टोली आजै दिउँसो नेपालबाट फर्किने जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend