logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • समाजसेवी सरु र कन्या गुरुकुलमलाई ‘राष्ट्रसेवक तथा आदर्श’ पुरस्कार

    समाजसेवी सरु र कन्या गुरुकुलमलाई ‘राष्ट्रसेवक तथा आदर्श’ पुरस्कार

    754
    Shares
    समाजसेवी सरु र कन्या गुरुकुलमलाई ‘राष्ट्रसेवक तथा आदर्श’ पुरस्कार

    काठमाडौँ । सामाजिक क्षेत्रमा काम गर्दै आएको मातृभूमि सेवक संघ तथा डा विहारीलाल श्रेष्ठ स्मृति कोषद्वारा समाजसेवाका क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेका व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गरेको छ ।

    आज यहाँ आयोजित कार्यक्रममा सो संघले राष्ट्रसेवा पुरस्कार तुलसादेवी हरिहर फाउण्डेसनका अध्यक्ष सरु सुवेदी र चितवनको देवघाटमा रहेको गार्गीकन्या गुरुकुललाई संस्थागत रुपमा प्रदान गरेको हो ।

    मातृभूमि सेवक संघ तथा डा बिराहीलाल श्रेष्ठ स्मृति कोषद्वारा काठमाडौँमा आज डा बिहारीलाल श्रेष्ठ पुरस्कार एवं राष्ट्रसेवा तथा आदर्श पुरस्कार तुलसादेवी हरिहर फाउन्डेसनका अध्यक्ष सरु सुवदी र गार्गी गुरुकुल कन्या देवघाट चितवनका सदस्य मन काफ्लेलाई प्रदान गरिँदै । तस्बिरः विमलबहादुर बिष्ट ÷रासस

    सुवेदीले तुलसालय आश्रम सञ्चालन गरी अनाथ, तथा असहाय बालबालिका एवं ज्येष्ठ नागरिकको संरक्षणका क्षेत्रमा काम गरेको तथा गार्गीकन्या गुरुकुलले वैदिक सनातन धर्म संस्कृतिको जगेर्ना गर्ने काम गरेकाले सो पुरस्कार प्रदान गरिएको डा विहारीलाल श्रेष्ठ स्मृति कोषका स्वयंसेवक सुमन पोख्रेलले जानकारी दिए ।

    उनका अनुसार गार्गीकन्या गुरुकुल संस्थालाई रु ३५ हजार र सुवेदीलाई रु १५ हजार १०१ नगदसहित सम्मान पत्र प्रदान गरिएको छ ।

    विसं २०५९ मा स्थानपना भएको डा विहारीहलाल श्रेष्ठ स्मृति कोषले धर्म, संस्कृति, राष्ट्रियताका साथै अनाथ, असहाय बालबालिका र वृद्धवृद्धाको संरक्षणका क्षेत्रमा काम गर्दै आएका व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्दै आएको छ ।

    डा विहारीलाल श्रेष्ठको आज वैशाख १२ गते स्मृति दिवसको अवसर पारेर उक्त पुरस्कार वितरण गरिएको हो । डा श्रेष्ठले नेपालमा हाडजोर्नीसम्बन्धी रोगको विशेषज्ञ चिकित्सकका रुपमा सेवा गरेका थिए ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend