logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक : राष्ट्रपति

    आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक : राष्ट्रपति

    533
    Shares
    आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक : राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताएबका छन् । बिहीवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौंमा शुरु भएको चाथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले उर्जाको उत्पादन र निर्यात बढ्दो रहनु देशका लागि खुशीको कुरा भएको बताए । उनले नेपाल सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको बताए । उनले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि निरन्तर क्रियाशिल रहनुपर्ने बताए ।

    उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताए । उनले संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको उल्लेख गर्दै सरकारले ऐन, कानून, नीति निर्माणमा सहजीकरण गर्नुपर्ने बताए ।

    उनले भने ‘उर्जाको उत्पादन र निर्यात बढ्दो छ, यो हाम्रो लागि खुशीको विषय हो । नेपाल सरकार र निजी क्षेत्रको सहकार्यमा, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको भन्ने मलाई लाग्दछ । विशेष गरी बहुदलीय लोकतन्त्र र प्रजातन्त्रपछि निजी क्षेत्रलाई उर्जाको लगानी र निर्माणमा संलग्न गराएसँगै यस्तो अवस्था सिर्जना भएको हो ।

    नेपाल सरकारले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली छिमेकी देश भारतमा निर्यात गर्नेगरी सम्झौता गरिसकेको छ । यसैगरी नेपाल सरकारले वि.सं.२०८५ भित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । मन्त्रीज्युले २८ हजारको लक्ष्य राखेका छन् मन्त्रालयले धेरै नै लिएको छ । यसले नेपालीलाई खुशी बनाउँछ, यसमा सरकार र निजी क्षेत्रको उत्तिकै दायित्व छ भन्ने म ठान्दछु ।

    लक्ष्यप्राप्तिका लागि लगानीमैत्री वातावरणको आवश्यकता छ । नेपाल सरकार यस्तो वातावरण निर्माणका लागि निरन्तर क्रियाशिल रहोस् भन्ने सुझाव दिन चाहन्छु । स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो । यसले निजी क्षेत्रको उत्साह वृद्धि भइ मुलुकको समग्र अर्थतन्त्रमा योगदान पुग्नेछ ।

    संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको छ । सरकारले ऐन, कानून, नीति निर्माणमा सहजीकरण गर्नुपर्छ ।’राष्ट्रपति पौडेलले सरकारले गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालले हिमलय हाइड्रो एक्स्पो आयोजना गर्नु सह्रानिय रहेको बताए । एक्स्पोले सामुहिक सहकार्य र हातेमालो गर्ने अवसरको सिर्जना गर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend