logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

    जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

    858
    Shares
    जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ ।

    सो पार्टीका अध्यक्ष उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    अप्रिल ३० देखि मे ३ तारिखसम्म सङ्युक्त राष्ट्र संघीय सचिवालय न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेको र मे ७ तारिखमा स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको समेत बस्नेतले बताए।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend