logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • वेस्ट इन्डिज ‘ए’ विरूद्ध बलिङ गर्दै नेपाल

    वेस्ट इन्डिज ‘ए’ विरूद्ध बलिङ गर्दै नेपाल

    676
    Shares
    वेस्ट इन्डिज ‘ए’ विरूद्ध बलिङ गर्दै नेपाल

    काठमाडौँ । वेस्ट इन्डिज ए विरूद्धको दोस्रो टी २० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो।

    नेपाली टिममा ५ परिवर्तन गरिएको छ। नेपाली टिम स् लोकेश बम, अनिल साह (विकेटकिपर) , रोहिकुमार पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकास चन्द र कुशल भुर्तेल।

    लोकेश बम, सागर ढकाल, आकास चन्द, आरिफ शेख र सोमपाल कामीले आजको मौका पाएका हुन्। हिजो खेलेका प्रतिश जिसी, ललित राजवंशी, अभिनास बोहरा, विवेककुमार यादव र कमलसिंह ऐरी आजको टिममा छैनन्।

    नेपालले शनिबार भएको पहिलो खेलमा जित निकालेको थियो। नेपालले आइसिसी टी २० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए सँग सिरिज खेलेको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend