logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • शङखमुलमा भएको आगलागी नियन्त्रणमा

    शङखमुलमा भएको आगलागी नियन्त्रणमा

    546
    Shares
    शङखमुलमा भएको आगलागी नियन्त्रणमा

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शंखमुल दोभानपुलमा आज भएको आगलागी नियन्त्रणमा आएको छ ।

    शंखमूल दोभानपुलमा विशाल केसीले सञ्चालन गरेको देबी अटो मोबाइल्स प्रालिमा आज दिउँसो विद्युत् सर्ट भई आगलागी भएकामा अहिले नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनका अनुसार आगोलेसँगै सोही पसलसँग जोडिएका मेघराज घलेको बाबाठाकुर मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवको जयबजरंग बली पान सपल, चन्द्रकुमार कुसवाहाको माछा पसल, जगन्नाथ शर्माको खाजा पसल, गोपालबहादुर विष्टको तरकारी, फलफूल तथा किराना पसल, आशागोपाल श्रेष्ठको मासु पसल, चन्द्र मर्हजन र केदार श्रेष्ठको पक्की घरको भित्ता तथा मेघराज घलेको फाष्टफुड रेष्टुरेन्टमा समेत क्षति भएको छ ।

    बानेश्वर प्रहरी वृत्तबाट प्रहरी निरीक्षक प्रकाश खत्रीको नेतृत्वमा खटिएको बीस जनाको टोली तथा स्थानीयबासी, तीनवटा दमकलको सहयोग आगलागी नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले बताए ।

    आगलागीबाट भएको क्षति एकीन विवरण भने आउन बाँकी रहेको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend