२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पाँचतारे होटलसहितको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा भारतीय र चिनियाँ लगानीकर्ताको चासो, एमओयुको तयारी

सोमवार , बैशाख १७, २०८१

काठमाडौं । गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स (जिकेसिसी) ले निर्माण गर्न लागेको स्टार प्लस होटलसहितको लक्जरी अपार्टमेन्टमा लगानी गर्न विदेशी लगानीकर्ताले चासो देखाएका छन् । राजधानीको चाबहिलमा जिकेसिसीले लक्जरी अपार्टमेन्ट, स्टार प्लस होटेल, कर्मसियल सपिङ्ग मल र मल्टिप्लेक्स सिनेमा सहितको कम्प्लेक्स बनाउने तयारी गरेको छ ।

लगानी सम्मेलनमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सलाई निजी क्षेत्रको तर्फबाट सोकेसमा राखिएको छ । सम्मेलनको दोस्रो दिन बिजनेस टु बिजनेस (बिटुबी) प्यानल छलफलका लागि भारतीय र चिनियाँ लगानीकर्ताहरुले चासो देखाएको कम्पनीका प्रवन्ध निर्देशक निरक पौडेलले सुनौलो नेपाललाई बताए । उनले चिनियाँ वा भारतीय लगानीकर्तासँग समझदारीपत्र (एमओयु) हुने संभावना रहेको पौडेलले जानकारी दिए । छलफलमा कुरा मिलेमा आज सोमबार नै एमओयु हुनसक्ने उनको भनाई छ ।

गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा चाइनाको सिन्चेन ह्वाह इन्टरनेसनल र जज्याङ् अर्बन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाईजरी र साइस्पेक्टिभ इन्टरनेसनलले ड्राफ्ट एमओयु एक्सचेञ्ज गरेको कम्पनीले जानकारी दिएको छ ।

पहिलो चरणमा अपार्टमेन्ट, दोस्रो चरणमा स्टार होटलपछि मल्टिप्लेक्स सिनेमा र सपिङ्ग मल निर्माण गरिने उनले स्पष्टपारे। ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) अनुमानित लागत रहेको परियोजना बनाउन ४० प्रतिशतसम्म लगानी गर्ने साझेदार खोजिएको एमडी पौडेलले सुनाए । चाबहिलको प्राइम लोेकेसनमा अवस्थित परियोजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा जस्ता धार्मिकस्थलहरु नजिक रहेको छ ।

एउटै भवनभित्र धेरैवटा हल भएको गोपीकृष्ण मुभिजको भवन भत्काएर पाँचतारे होटलसहितको कम्प्लेक्स बन्न लागेको हो। चलचित्र क्षेत्रमा मन्दी आएसँगै सञ्चालक पौडेलले चलचित्र भवन भत्काएर पाँचतारे होटलसहित गोपिकृष्ण कम्प्लेक्स सेन्टर बनाउने तयारी थालेका हुन्।

१० रोपनी जग्गामा जिकेसिसी निर्माण हुने बताइएको छ। भवन १६ तलाको हुने बताइएको छ। जसमध्ये ‘अन्डर ग्राउन्ड’ दुई तला र बाँकी १४ तला व्यावसायिक प्रयोजनका हुने छ।

कम्प्लेक्समा बन्ने पाँचतारे होटलमा १ सय ५७ कोठा रहनेछन्। साथै ग्रिनरी, चिल्ड्रेन पार्क, फुडपार्क, गेमिङ जोनलगायत रहनेछन्। पाँच तलासम्म सपिङ कम्प्लेक्स र त्यसभन्दा माथि लक्जरी होटल हुनेछ।

कम्प्लेक्स बनाउन गोपिकृष्ण हल बन्द

तीन दशकदेखि सञ्चालनमा रहेको गोपिकृष्ण मुभिज बन्द भएको छ। गोपिकृष्ण मुभिज फागुन १ गते मंगलबारदेखि बन्द भएको हो। गोपिकृष्ण मुभिज २०५२ सालदेखि सञ्चालनमा आएका हो।

गोपिकृष्ण कुनै समय मुलुककै ठूलो र सबैभन्दा बढी चलेको फिल्म हल थियो। कोरोना महामारीका कारण २०७६ चैतदेखि सुरु भएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय हल सञ्चालन हुन सकेन। यसको असर मुभिजमा पर्यो। हलमा यसअघि गोपी, कृष्ण, राधा, मीरा, ओम, नम र शिवाय नामका सातवटा हल सञ्चालनमा थिए।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट