logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • रारामा सुविधासम्पन्न रिसोर्ट खोल्न अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता, १ अर्ब १० करोड लगानी हुने

    रारामा सुविधासम्पन्न रिसोर्ट खोल्न अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता, १ अर्ब १० करोड लगानी हुने

    1.3K
    Shares
    रारामा सुविधासम्पन्न रिसोर्ट खोल्न अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता, १ अर्ब १० करोड लगानी हुने

    काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरूभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन सोमबार रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।

    लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका छन् । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा ७० करोड र दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी गरिने शाहले जानकारी दिए।

    डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए ।

    मुगुको छायानाथ रारा नगरपालिका ९, मुर्माटपमा  बन्ने  रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताए ।

    समुद्र सतहदेखि ३ हजार ७ सय मिटर उचाइमा सञ्चालन हुने रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको दृश्य देखिने छ।

    एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । यस सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend