२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

चीन र भारतका चार कम्पनीले गरे पाँचतारे होटलसहितको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा लगानी सहमति

सोमवार , बैशाख १७, २०८१

काठमाडौं । गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स (जिकेसिसी) ले निर्माण गर्न लागेको स्टार प्लस होटलसहितको लक्जरी अपार्टमेन्टमा लगानी गर्न विदेशी लगानीकर्ताले सहमति गरेका छन् ।

तेस्रो लगानी सम्मेलनमा जिकेसिसी परियोजनामा लगानी गर्न चिनियाँ सिन्चेन ह्वाह इन्टरनेसनल ग्रुप लिमिटेड, जज्याङ् अर्बन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाइजरी र साइस्पेक्टिभ इन्टरनेसनलले सम्झौतापत्रको मस्यौदा साटफेर गरेका छन् ।

सोमबार नै लगानीकर्ताहरूसँग कम्पनीका तर्फबाट प्रवन्ध निर्देशक निरक पौडेलले सम्झौतापत्रको ड्राफ्ट साटफेर गरेका हुन् । बैंकिङ तथा प्राविधिक पक्षहरूमा प्रष्ट भएपछि मात्र अन्तिम सम्झौता हुने उनले जानकारी दिए ।

एक साताभित्र सम्झौता हुनसक्ेन उनले बताए । राजधानीको चाबहिलमा जिकेसिसीले लक्जरी अपार्टमेन्ट, स्टार प्लस होटेल, कर्मसियल सपिङ्ग मल र मल्टिप्लेक्स सिनेमा सहितको कम्प्लेक्स बनाउने तयारी गरेको छ ।

लगानी सम्मेलनमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सलाई निजी क्षेत्रको तर्फबाट सोकेसमा राखिएको थियो । सम्मेलनको दोस्रो दिन बिजनेस टु बिजनेस (बिटुबी) प्यानल छलफलमा भारतीय र चिनियाँ लगानीकर्ताहरुले चासो देखाएका थिए ।

पहिलो चरणमा अपार्टमेन्ट, दोस्रो चरणमा स्टार होटलपछि मल्टिप्लेक्स सिनेमा र सपिङ्ग मल निर्माण गरिने उनले स्पष्टपारे । ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) अनुमानित लागत रहेको परियोजना बनाउन ४० प्रतिशतसम्म लगानी गर्ने साझेदार खोजिएको प्रवन्ध निर्देशक पौडेलले सुनाए ।

चाबहिलको प्राइम लोेकेसनमा अवस्थित परियोजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा जस्ता धार्मिकस्थलहरु नजिक रहेको छ ।

एउटै भवनभित्र धेरैवटा हल भएको गोपीकृष्ण मुभिजको भवन भत्काएर पाँचतारे होटलसहितको कम्प्लेक्स बन्न लागेको हो। चलचित्र क्षेत्रमा मन्दी आएसँगै सञ्चालक पौडेलले चलचित्र भवन भत्काएर पाँचतारे होटलसहित गोपिकृष्ण कम्प्लेक्स सेन्टर बनाउने तयारी थालेका हुन् ।

१० रोपनी जग्गामा जिकेसिसी निर्माण हुने बताइएको छ । भवन १६ तलाको हुनेछ । जसमध्ये ‘अन्डर ग्राउन्ड’ दुई तला र बाँकी १४ तला व्यावसायिक प्रयोजनका हुने बताइएको छ ।

कम्प्लेक्समा बन्ने पाँचतारे होटलमा १ सय ५७ कोठा रहनेछन् । ग्रिनरी, चिल्ड्रेन पार्क, फुडपार्क, गेमिङ जोनलगायत रहनेछन् । पाँच तलासम्म सपिङ कम्प्लेक्स र त्यसभन्दा माथि लक्जरी होटल हुनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट