काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तर्जुमाका विषयमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग छलफल गरेको छ ।
शुक्रवार सिंहदरबारस्थित अर्थमन्त्रालयमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग अर्थमन्त्री वर्षमान पुनले छलफल गरेका हुन् ।
आगामी बजेटमा युवा तथा विशेष गरी स्टार्टअप उद्यमीहरुको लागि बजेटमा समावेश गर्नुपर्ने सुझावको लागि छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।