logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते हुने

    नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते हुने

    1.9K
    Shares
    नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते हुने

    काठमाडौँ । नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको आगामी जेठ २६ गते निर्वाचन हुने भएको छ ।

    काठमाडौँमा सम्पन्न महासंघको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासंघको निर्वाचन गर्ने मिति तोकेको हो ।

    बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको भएपनि शुक्रबार महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरुले एक साता पछि निर्वाचन गर्ने भन्ने विषयमा माग गरेपछि महासंघले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको एकसाथ निर्वाचन गर्ने निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिए ।

    नेपाल पत्रकार महासंघमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासंघको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार गर्न पाउँछन् ।

    निर्वाचनको मिति तोके पनि महासंघले साधारण सदस्यको टुंगो भने लगाइ नसकेको बताइएको छ । एक साताभित्र साधारण सदस्यहरुको पनि टुंगो लगाइसक्ने भन्दै महासंघका महासचिव रोशन पुरीले मिति प्रस्ताव गरेका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend