logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अग्नि पीडितलाई काठमाडौँ महानगरको १०/१० लाख सहयोग

    अग्नि पीडितलाई काठमाडौँ महानगरको १०/१० लाख सहयोग

    624
    Shares
    अग्नि पीडितलाई काठमाडौँ महानगरको १०/१० लाख सहयोग

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दुई जिल्लाका दुई गाउँपालिकालाई राहत स्वरुप १०/१० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

    महानगर पालिकाका अनुसार दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई सो रकम अनुदान सहायता स्वरुप सहयोग गर्ने भएको हो ।

    आगलागीबाट घर, गोठ, पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको महानगर विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    यो रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने निर्णय भएको महानगरले जनाएको छ । दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा १६ वैशाखमा आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएको थियो ।

    यस्तै ८ र ९ वैशाखमा गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको थियो ।

    काठमाडौँ महानगरले यसअघि महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend