logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • वेस्ट इन्डिजले तीन विकेट गुमायाे, एकै ओभरमा सागरले लिए दुई विकेट

    वेस्ट इन्डिजले तीन विकेट गुमायाे, एकै ओभरमा सागरले लिए दुई विकेट

    1.7K
    Shares
    वेस्ट इन्डिजले तीन विकेट गुमायाे, एकै ओभरमा सागरले लिए दुई विकेट

    काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम ट्वान्टी–२० खेलमा नेपालका सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका छन् । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा ढकालले एकै ओभरमा दुई विकेट लिएका हुन् ।

    टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले आठौँ ओभरको पहिलो बलमा जोन्सन चार्ल्सलाई गुमाएको हो । चार्ल्सलाई नेपालका सागर ढकालले ‘कट एन बोल्ड’ गरे । सोही ओभरको तेस्रो बलमा सागरले पाहुना टिमका मार्क डेयललाई रोहितबाट क्याच गराए ।

    त्यसअघि सागर ढकालले गरेको १.४ ओभरमा नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजका कदिम अलेयनेलाई उत्कृष्ट क्याच गर्दै पभेलियनको दिशा देखाएका थिए ।

    जारी खेलको आठ ओभर समाप्त हुँदा वेस्ट इन्डिजले तीन विकेट गुमाएर ६० रन बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend