logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अप्रिलमा पाकिस्तानमा ७७ वटा आक्रमणः ७० जनाको मृत्यु

    अप्रिलमा पाकिस्तानमा ७७ वटा आक्रमणः ७० जनाको मृत्यु

    650
    Shares
    अप्रिलमा पाकिस्तानमा ७७ वटा आक्रमणः ७० जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानमा ७७ वटा आतंकवादी हमलाहरूबाट अप्रिलमा ७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ जना सर्वसाधारण, ३१ सुरक्षा बलका कर्मचारी र चार विद्रोही छन् । ६७ जना घाइते भएका छन् ।

    पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडीजले आफ्नो मासिक मूल्याङ्कन प्रतिवेदनमा जनाएको छ । त्यसको तुलनामा मार्च २०२४ मा ५६ वटा आतङ्ककारी हमला भएको थियो । जसमा ७७ जनाको मृत्यु र ६७ जना घाइते भएका थिए । यसले लडाकु हमलाको संख्यामा ३८ प्रतिशतले वृद्धि भएको संकेत गर्दछ । यद्यपि मृत्युमा ९ प्रतिशतले कमी आएको छ ।

    प्रतिवेदनले महिनामा धेरै सम्भावित आक्रमणहरूलाई विफल पार्न पाकिस्तानी सुरक्षा बलहरूको प्रयासलाई पनि जोड दिएको छ । कम्तिमा ५५ संदिग्ध आतङ्ककारीहरू मारिएका छन् । अन्य १२ जनालाई गिरफ्तार गरिएको छ । मार्चको तुलनामा लडाकुहरूको मृत्युमा ५५ प्रतिशतले वृद्धि भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend