logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • शेयर बजार आज पनि ओरालो

    शेयर बजार आज पनि ओरालो

    845
    Shares
    शेयर बजार आज पनि ओरालो

    काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अकंले घटेर १९५८.७५ बिन्दुमा बन्द भएको छ ।

    आज ६२ कम्पनकिो शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।

    आज बैंकिङ समूहको ०.६३ प्रतिशत, फाइनान्स समूहको १.९६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१६ प्रतिशत, हाइड्रोपावर समूहको ०.४४ प्रतिशतले शेयर मूल्य घटेको हो ।

    त्यस्तै, सिटिजन लाइफको ३१ करोड ९८ लाख रुपैयाँ, नेपाल फाइनान्सको १० करोड ८१ लाख रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

    बोटलर्स नेपाल (तराई) को ९.०३ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ८.५२ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ५.१३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

    आज सबैभन्दा धेरै पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend