काठमाडौँ । अभिनेता सोलोन बस्नेतलाई पुत्री लाभ भएको छ । बस्नेत पत्नी करिश्मा केसीले आज छोरीलाई जन्म दिएकी हुन् ।
बुधबार बिहान भैसीपार्टीको मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिइन् ।
आमा र बच्चा दुवै स्वस्थ रहेको निर्देशक बस्नेतले जानकारी दिए ।
गतवर्षको मंसिर १२ गते सलोन र करिश्माको विवाह भएको थियो ।