logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मौसम पूर्वानुमानको कामलाई प्रभावकारी बनाउन मन्त्री बस्नेतको निर्देशन

    मौसम पूर्वानुमानको कामलाई प्रभावकारी बनाउन मन्त्री बस्नेतको निर्देशन

    574
    Shares
    मौसम पूर्वानुमानको कामलाई प्रभावकारी बनाउन मन्त्री बस्नेतको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानका विषयलाई प्रभावकारी बनाउने गरी योजना तय गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । जल तथा मौसम विज्ञान विभागले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कम्तिमा २४ घण्टा भित्रको मौसम पूर्वानुमान प्रभावकारी हुनेगरी योजना तय गर्न सम्बन्धित विभागलाई सचेत गराएका हुन् ।

    मन्त्री बस्नेतले त्यसका लागि मन्त्रालयले सम्बन्धित विभागलाई आवश्यक सहयोग गर्ने पनि बताए । मन्त्री बस्नेतले सो कामलाई प्रभावकारी बनाउन विश्वविद्यालय लगायतका सम्बन्धित पक्षसँगको सहकार्यमा जोड दिन पनि जल तथा मौसम विज्ञान विभागलाई भने । उनले मौसम पूर्वानुमानको विषयलाई प्रभावकारी बनउन सरकारले आवश्यक ध्यान दिने बताए ।

    मन्त्री बस्नेतले भने, ‘मौसम पूर्वानुमानका विषयहरु त्यत्तिकै महत्वपूर्ण छन् । अब यसका यावत प्रश्नहरु छन् । जसको अध्ययन, अनुसन्धान पनि चाहियो । नभएपछि हामी भनिराखेका छौँ नि लोकलाईज्ड गर्ने कुरा । हामी यसको लोकलाईजेशनको जे कुरा गरिराखेका छौं ।

    हामी आफैँ त्यो अध्ययनमा प्रवेश नगरीकन, त्यो क्षेत्रमा हामी आफैँ प्रवेश नगरीकन हामीले माईक्रो खालको म्यानेज गर्ने कुराहरु चुनौति हुन सक्छन् । त्यसैले यतापट्टी पनि हामीले थप ध्यान दिउ । त्यसको निम्ति सरकारको तर्फबाट आवश्यक ध्यान दिनुपर्ने विषयमा ध्यान पुग्ने नै छ । हामी पोलिसीको कुरा पनि गरिराखेका छौ । र अन्य रिसोर्सहरुलाई कसरी जुटाउँदै अगाडि जान सकिन्छ ? भन्ने बारेमा पनि हामीले गम्भिरतापूर्वक सोचिराखेका छौं ।

    आगामी दिनहरुमा अघि साथीहरुले भन्नुभएजस्तै हाम्रो फरकाष्टिङ त भईराखेको छ । त्यसलाई जतिसक्यो धेरै नजिक ल्याउने, हामीले एक, २ दिनको कुरा गर्ने, २४ घण्टाको कुरा गर्ने अवस्थामा सम्ममा पुग्ने एउटा लक्ष्यका साथ हामी प्लानिङ त गरौं । २४ घण्टाको बारेमा ढुक्क साथ बोल्न सक्ने के गर्दा हुन्छौं ? भन्ने कुराको एउटा लक्ष्य निर्धारण गरौं ।

    त्यसको निम्ति हामीले के गर्नुपर्ला, हामीले पूरा गर्नुपर्ने त्यसका निम्ति सर्तहरु के होला ? त्यो टाईपको एउटा प्लानिङ विभागको तर्फबाट हुन सक्यो भने फेरि विभाग एक्लैले त्यो काम गर्न सक्छ भन्ने होइन, तर तपाईहरुले यति भयो भने हामी २४ घण्टाको बारेमा कुरा गर्न सक्छौं । यो अवस्था र यो प्रक्रियाबाट यहाँहरुले एउटा छलफल र त्यो प्रक्रियाबाट एउटा निचोड जस्तो मोटामोटी रुपमा पुग्ने स्थिति भयो भने त्यसपछि भनौँला नि–कसको भूमिका के हुने हो ।

    युनिभर्सिटीको त्यसमा रोल कहाँ रहन सक्छ ? त्यसअरु को भुमिका कहाँ के हुनसक्छ भन्ने बारेमा कोलाबरिटली इफोट लगाउने गरेर सोच्दै जान सकिन्छ । त्यसका लागि पहल विभागको तर्फबाट बढाऔँ । मन्त्रालयले त्यसका लागि छलफल पनि गरौँला । त्यो विषयमा हाम्रो ध्यान पुग्ने नै छ । ’

    मन्त्री बस्नेतले जल तथा मौसम विज्ञान विभागले कम्तिमा २४ घण्टा भित्रको मौसम पूर्वानुमानको योजना तय गरे सरकारले मातहतका निकायसँग कसरी सहकार्य गरेर अघि बढ्न सहज हुन्छ ? भन्ने बारेमा नीतिगत निर्णय लिन सहज हुने स्पष्ट पारे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend