logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • कांग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्नः प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ?

    कांग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्नः प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ?

    1.7K
    Shares
    कांग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्नः प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ?

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीले विश्वासको मत माग्दा वेल घेरेर नाराबाजी गर्नु अर्थपूर्ण हो कि होइन भनेर प्रश्न गरेकी छन् । सोमवार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले विश्वासको मत लिनु स्वभाविक भएको बताइन् ।

    उनले संसदभित्र प्रक्रिया मिलेर नै आफूहरुले विश्वासको मत दिएको बताइन् । उनले प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीले विश्वासको मत लिनुको अर्थ नभएको टिप्पणी गरिरहेको सन्दर्भमा नेपाली कांग्रेसले नाराबाजी गर्नु अर्थपूर्ण हो त भनि प्रश्न गरिन् ।

    उनले भनिन्– ‘सम्मानित सदनभित्र प्रक्रिया मिलेर नै विश्वासको मत दिइएको छ । विपक्षी दलले अर्थ छैन भनेर भनिरहँदाखेरी र रोष्टममा बसेर प्रधानमन्त्रीले विश्वासको मत मागिरहँदाखेरी उहाँहरु वेल घेरेर नाराबाजी गरिरहने कुरा अर्थपूर्ण हो कि होइन ?’

    यसपघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो विश्वासको मतलाई निरन्तरता दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend