logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सिंहदरबार, दलका पार्टी कार्यालय र नेताहरुको घरबाट फोहोर नउठाउने मेयर बालेन साहको चेतावनी

    सिंहदरबार, दलका पार्टी कार्यालय र नेताहरुको घरबाट फोहोर नउठाउने मेयर बालेन साहको चेतावनी

    1.1K
    Shares
    सिंहदरबार, दलका पार्टी कार्यालय र नेताहरुको घरबाट फोहोर नउठाउने मेयर बालेन साहको चेतावनी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् ।

    फोहोर बोक्ने सवारी (गाडी) का चालकहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुलाई रिहा नगरेसम्म फोहोर नउठाउने उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत चेतावनी दिएका हुन् ।

    सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर साहले लेखेका छन् : ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म चालकहरुलाई स–सम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन !’

    बन्चरेडाँडामा फोहोर बोकेर जाने सवारीसाधनलाई अवरोध भएपछि काठमाडौँको कोटेश्वर क्षेत्रमा फोहोर बोकेका टिपर लगायतका गाडीहरु पार्किङ गरेर बसेपछि ट्राफिकले पक्राउ गरेको जनाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend