काठमाडौं । आज मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुनको मूल्य पनि तोलामा १२ सय रुपैयाँले नै घटेर तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोलामा १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
दिनहुँ बढ्दै गएको सुनको मूल्य आज भने घटेको हो । सोमबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढ्दै हाल सम्मकै उच्च मूल्यमा पुगेको थियो ।
सोमबार छापावाला सुन तोलामा १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियाे । तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले डलर कमजोर भइरहेको र लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्र ठानेर लगानी बढाएपछि विश्व बजारमा सुनको मूल्य बढेको बताएका थिए ।
उनले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिआउन्स छिट्टै २५ सय डलर पुग्ने अनुमान गरिएको बताएका थिए ।