आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्काे भ्रष्टाचार मुद्दा, ६२ करोड अवैध सम्पत्ति आर्जन

विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्काे भ्रष्टाचार मुद्दा, ६२ करोड अवैध सम्पत्ति आर्जन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको दाबी अभियोगपत्रमा गरेको छ। आयोगले ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ विगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको हो ।

पौडेलले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनको घरकोठाबाट बरामद भएका विद्युतीय उपकरणबाट प्राप्त प्रमाण र स्वदेश तथा विदेशका विभिन्न निकायबाट प्राप्त प्रमाणलाई विश्लेषण गर्दा उनले आफु कार्यकारी पदमा रहेको निकायमा आपूर्ति हुने सामग्री खरिदवापत स्वदेशी तथा विदेशी आपूर्तिकर्ता कम्पनीबाट कमिशन रकम प्राप्त गरेको आयोगको दाबी छ ।

उनले प्राप्त कमिशन रकम लिई सिंगापुरस्थित युनाइटेड ओमरसिज बैंक र अमेरिका स्थित बैंक अफ अमेरिकामा रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको थियो ।

सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख बिगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो ।

विकल पौडेल विरुद्धका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । अख्तियारले उनीमाथि झुटा विवरण पेश गरी सरकारी पदमा पुगेको आरोपमा र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर गरेको मुद्दा विचाराधीन छन् ।

अख्तियारले उनीमाथिको गैरकानुनको सम्पत्तिआर्जनको अनुसन्धान पनि अन्तिम चरणमा पुर्‍याएको छ ।

पौडेलकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल, आमा शीतल पौडेलको नामा समेत नगद जिन्सी, सवारी साधन, घरजग्गा खरिद गर राखेको पाइएकाले उनीहरुलाई पनि आयोगले प्रतिवादी बनाएको छ । अयोगले मिहिन अध्ययन गरी बिगोबमोजिम कारबाहीको माग र कैद सजायको समेत माग गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यो पनि हेर्नुहोस

सेक्युरिटी प्रिन्टिङ प्रेस भ्रष्टाचारमा विकल पौडेल दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवाना

निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दायर

सुनिल पौडेल र विकल पौडेल पक्राउ

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend