logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आगामी आर्थिक वर्षको बजेट उत्पादनमुलक क्षेत्रमा प्राथमिकता दिन आवश्यक छ : अध्यक्ष कुँवर

    आगामी आर्थिक वर्षको बजेट उत्पादनमुलक क्षेत्रमा प्राथमिकता दिन आवश्यक छ : अध्यक्ष कुँवर

    644
    Shares
    आगामी आर्थिक वर्षको बजेट उत्पादनमुलक क्षेत्रमा प्राथमिकता दिन आवश्यक छ : अध्यक्ष कुँवर

    काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले आगामी आर्थिक वर्षको बजेट उत्पादनमुलक क्षेत्रमा प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् ।

    अध्यक्ष कुँवरले सरकारले जेठ १५ गते संसदमा प्रश्तुत गर्ने बजेट उत्पादनमुलक क्षेत्रमा प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका हुन् । उनले उत्पादन,रोजगारीमुलक उद्योगमा समेत बजेट केन्द्रित बनाउनु अहिलेको आवश्यकता भएको बताए ।

    अध्यक्ष कुँवरले रोजगारीमुलक क्षेत्रमा बजेटको प्राथमिकता हुनुपर्ने माग रहेको बताए । उनले मुलुकमा सामाजिक सुरक्षामा दायित्व बढ्दै गएको भन्दै त्यसले दिगो विकासमा प्रश्नचिन्ह खडा भएको बताए । उनले वृद्धहरुको आयु बढ्दै जाने र सरकारले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गर्दै लैजाँदा सरकारलाई हेरक वर्ष दायित्व बढ्दै गएको बताए ।

    अध्यक्ष कुँवरले सामाजिक सुरक्षामा योगदानमा आधारित सामाजिक सुरक्षालाई विकल्प बनाउने गरी बजेट आउनुपर्ने बताए । उनले सबै क्षेत्रलाई सामाजिक सुरक्षामा समेट्ने गरी बजेट ल्याउनुपर्ने बताए ।

    उनले योगदानमा आधारित सामाजिक सुरक्षालाई प्रभावकारी रुपमा लागू गरी श्रम बजारलाई द्वन्द्वरहित बनाउने बजेट ल्याउन सुझाव दिए । उनले त्यस्तो बजेट आएमा उत्पादनमुलक हुने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको मान्यता रहेको बताए ।

    अध्यक्ष कुँवरले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने बजेट ल्याउनसके मुलुकको श्रम बजार मर्यादित हुने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend