सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

स्पन्ज आइरनको भन्सार बढ्यो, बिलेटको घट्यो

स्पन्ज आइरनको भन्सार बढ्यो, बिलेटको घट्यो

काठमाडौं । सरकारले स्टिलको कच्चापदार्थ स्पन्ज आइरनमा लाग्दै आएको भन्सारदर बढाएको छ । यसअघि १ प्रतिशत भन्सार दर रहेकोमा बजेटले बढाएर २.५ प्रतिशत पुर्‍याएको छ। विदेशबाट आयात हुने स्क्र्याप फलाममा शून्य भन्सार रहेकोमा त्यसलाई १ प्रतिशत पुर्‍याइएको छ ।

बिलेट र स्पन्ज आइरनबीच रहेको भन्सार दरको फरक २.५ प्रतिशतमा झरेको छ । बिलेटमा ५ प्रतिशत भन्सार लाग्दै आएको थियो । सरकारले बिलेट आयातमा प्रतिटन २ हजार ५ सय रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा हटाइएको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमा स्पन्ज आइरन आयातमा १ प्रतिशत मात्रै भन्सार तिर्नुपर्ने नियम ल्याएका थिए । बिलेट आयात गरेर डण्डी उत्पादन गर्दै आएको उद्योगहरुले भन्सारका कारण लागत बढेको भन्दै विरोध गरेका थए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend