मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

गृहमन्त्री लामिछानेविरुद्ध रिटको पेशी आज, न्यायाधीश पोखरेलको इजलासमा तोकियाे पेशी

गृहमन्त्री लामिछानेविरुद्ध रिटको पेशी आज, न्यायाधीश पोखरेलको इजलासमा तोकियाे पेशी

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी आज चढ्दैछ। अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा लामिछानेलाई निलम्बन गर्नुपर्ने लगायतको माग छ।

गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ। रिट पोखरेलको इजलासमा १० नम्बरमा पेशी रहेको छ।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए ।

रिटमा गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend