logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि बजेटको अभाव छः पर्यटनमन्त्री तामाङ

    पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि बजेटको अभाव छः पर्यटनमन्त्री तामाङ

    553
    Shares
    पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि बजेटको अभाव छः पर्यटनमन्त्री तामाङ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षणका लागि बजेटको अभाव रहेको बताएका छन् । पुरातात्विक सम्पदाहरुको संरक्षण गरी पर्यटकहरुको उल्लेख्य सहभागिता बढाउनुपर्ने नीति, योजना र कार्यक्रम सरकारसँग भएपनि बजेटको अभावमा सो काम सहज ढंगले अघि बढ्न नसकेको मन्त्री तामाङको स्पष्टिकरण थियो ।

    शुक्रवार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा धेरै काम गर्नुपर्ने भएकाले त्यसको लागि आवश्यक वातावरण बनाउन राज्यले नै पहल गर्नुपर्ने आवश्यकता औंल्याए । मन्त्री तामाङले पुरातत्व विभागको नीतिगत दृष्टिकोणको आधारमा त्यस्ता सम्पदाहरुको संरक्षण गर्नुपर्ने बताए । उनले पुरातात्विक महत्वका सम्पदाहरुलाई जस्ताको तस्तै संरक्षण गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

    मन्त्री तामाङले भने, ‘हाम्रो ऐतिहासिक पुरातात्विक महत्वको सम्पदाहरु, त्यस्ता खालको स्थलहरुको हामीले संरक्षण गर्नुपर्दछ । र मुलरुपमा पुरातत्व विभागको अहिलेसम्म विकास गरेको नीतिगत दृष्टिकोण जे छ । त्यसको आधारमा, त्यसको संरक्षण गर्दै त्यसको वरिपरी पर्यटकहरु भित्र्याउनका निमित्त, पर्यटकहरुलाई आर्कषण दिलाउनका निमित्त, रमाउने खालको वातावरण बनाउनका निमित्त राज्यले पहल गर्नुपर्छ । त्यसलाई नयाँ बनाएर होइन कि त्यो पुरानोलाई जस्ताको तस्तै संरक्षण गरेर त्यस वरिपरी हामीले गर्नुपर्ने धेरै काम हुँदो रहेछ । त्यसका लागि बजेट धेरै चाहिन्छ । बजेट हामीसँग अभाव छ । यो हिसावले जानुपर्ने रहेछ भन्ने मैले बुझेको छु ।’

    मन्त्री तामाङले लुम्बिनी क्षेत्रको समग्र विकासमा पनि सरकारले ध्यान दिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend