आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इण्डिज पुगे

विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इण्डिज पुगे

काठमाडौँ । जारी आईसीसी पुरुष टि २० विश्वकप २०२४ मा सन्दीप लामिछाने सहभागि हुने भएका छन् ।

सन्दीप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरुमा सहभागि हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो ।

क्यानले एक विज्ञप्ती जारी गर्दै सन्दीप वेस्ट इण्डिजमा हुने टि २० विश्वकप खेलमा सहभागि हुने बताएको हो ।

टी- २० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगिसकेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनी सहभागि हुने छन् ।

क्यानले वेष्ट इण्डिजमा हुने खेलमा सन्दीपलाई समावेश गरेसँगै उनी सोमबार बिहान वेस्ट इन्डिज पुगेका छन् ।

अमेरिकाले भिसा नदिएपछि रोकिएका उनी वेस्ट इन्डिज भने जान पाएका हुन् ।

अमेरिकामा नेपालले खेल्ने दुई म्याच उनले गुमाए पनि वेस्ट इन्डिजमा हुने दुई खेलमा भने उनी सहभागि हुने छन् ।

नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेलेपछि नेपाली टोली वेस्ट इन्डिजतर्फ लाग्नेछ ।

वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने तालिका छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend