logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • गिरीबन्धु टि स्टेट राज्यको होइन, निजी सम्पत्ति हाे : सञ्चालक गिरी

    गिरीबन्धु टि स्टेट राज्यको होइन, निजी सम्पत्ति हाे : सञ्चालक गिरी

    2K
    Shares
    गिरीबन्धु टि स्टेट राज्यको होइन, निजी सम्पत्ति हाे : सञ्चालक गिरी

    झापा । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति नभएको बताएका छन् । बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति नभएको बताएका हुन् ।

    उनले पत्रकारहरूसामु गिरीबन्धु टि स्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पती राज्यको नभएको बताए । उनले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी गरे । २०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुनअघि नै गिरीबन्धुले चिया खेती बिस्तार गरेको गिरीको भनाइ थियो ।

    हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उनले बताए । पत्रकार सम्मेलनमा उनले गिरीबन्धु टि इस्टेटबारे सात बुँदे स्पष्टीकरण सार्वजनिक गरेका छन् ।

    चिया बगान आफूहरूको निजी सम्पत्ति भएको र चिया बगान निर्माण गर्दा पूर्वपश्चिम राजमार्गसमेत नबनेको भन्दै गिरीबन्धुले महंगोमा सस्तो जग्गा साट्न खोजिएको भनेर भ्रम छरिएको गिरीको दाबी छ।

    सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको उनले बताए । एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार शुरु गरेको गिरीले स्वीकार गरेका छन् । दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उनले बताए ।

    ‘सम्मानित अदालतबाट समेत चिया बगानको लागि सट्टा भर्नाको जग्गाको सुनिश्चतता, मजदुरको रोजीरोटीको समस्याबाट बञ्चित नगर्ने, सट्टा भर्ना लिने जग्गाको मुल्यको आधार र चिया उत्पादनको लागी हदबन्दी छुट लिएकाले सोही प्रयोजनमा प्रयोग गर्नुपर्छ भनिएकाले आवश्यक प्रक्रिया पूरा गरेर यो सबै विषयको सुनिश्चतता गरेर नै उपयुक्त निर्णयमा यस गिरीबन्धु टी इस्टेट पुग्ने कुराको जानकारी गराउँदछौं,’ गिरीले भनेका छन् ।

    गिरीबन्धुले चिया बगान सार्न स्थानीयस्तरमा निरन्तर दबाब आएको र राजनीतिक दलका प्रतिनिधहरूको रोहबरमा सार्ने निर्णय भएको सञ्चालक गिरीले दाबी गरेका छन् ।
    टि इस्टेटले विर्तामोड बजार विस्तार हुँदै जाँदा चिया बगानको दुरूपयोग हुन थालेको पनि बताएको छ।

    तीव्र गतिमा विर्तामोड बजारको विकास भएको तथा बजार पूर्वतर्फ फैलिँदै गएको, बगानसँगै अस्पताल, विद्यालय र तीव्र बजारीकरणको कारण चिया बगान क्षेत्रमा फोहोर मैला फाल्ने, चियाका बुट्टा काटी दाउराको रुपमा लैजाने गरेको, मृत जनावर फाल्ने ठाँउ बनेको जिकिर गिरीबन्धुको छ।

    चिया उत्पादन ७० प्रतिशत घटेर मजदुरको रोजीरोटीमा समस्या आएकाले सार्नै पर्ने परिस्थितिमा पुगिएको दाबी गिरीबन्धुको छ। एउटै स्थानमा लामो समयदेखि चिया बगान रही माटोको उर्वर शक्तिमा ह्रास आएकाले चिया उत्पादनमा ७० प्रतिशतसम्म ह्रास आएको अवस्था भएकाले चिया मजदुरको रोजीरोटीमा समेत समस्या थपिँदै गएको जिकिर सञ्चालक गिरीको छ ।

    याे पनि :

    राप्रपा सांसद ज्ञानेन्द्र शाहीको प्रश्न : गिरिबन्धु टि इस्टेटको फाइल कहिले खोलिन्छ ?

    कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि-स्टेटको जग्गाको अवस्था ?

    गिरीबन्धु टि-स्टेटको ७० बिघा जग्गा कांग्रेसले कमिसन खाएर बेच्यो : केपी ओली

    गिरीबन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने ओली सरकारको निर्णय सर्वोच्च अदालतद्धारा बदर

    गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणको छानबिन गर्न सांसदको माग

    ओलीले भने गिरीबन्धु टी स्टेटको जग्गा छानबिन गर्न मन लागे गर्नु

    काठमाडौंका मेयर बालेनको केपी ओलीप्रति कटाक्ष : गिरिबन्धुको कर्तुत डाईभट गर्न न्युरोडको सडक बनाए

    केपी ओलीले भने : गिरिबन्धु टि स्टेटबारे बालेनलाई सोध्नुस्

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend