आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छ : सांसद सिंह

पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छ : सांसद सिंह

sf7df8f}F, @& j}zfv M k|ltlglw;ef a}7sdf ;f+;b l;+x ;ª3Lo ;+;b ejg gofFafg]Zj/df a'waf/ a;]sf] k|ltlglw;ef a}7sdf dGtJo /fVg'x'Fb} ;f+;b cd/]zs'df/ l;+x . tl:a/M rG›snf If]qL÷/f;;

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका हुन् ।

उनले जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको बताए । उनले राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउनु नहुने बताए ।

उनले भने– ‘जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने । त्यहाँ दुहुनो गाईजस्तै भएको छ की, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने । यस्तो नगरौँ । राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ । राष्ट्रिय स्वार्थको बनाऔँ । जनस्वार्थको बनाऔँ । राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ ।’

सांसद सिंहले इन्टरनेटको पहुँच गाउँ गाउँमा पर्याउनुपर्ने बताए । उनले तराईका पछाडी परेका समुदायसमक्ष सञ्चारको पहुँच सहज रुपमा पर्याउनुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend