logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • साहित्य र कलामा समाजको प्रतिविम्व झल्किनुपर्छ : मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मी

    साहित्य र कलामा समाजको प्रतिविम्व झल्किनुपर्छ : मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मी

    455
    Shares
    साहित्य र कलामा समाजको प्रतिविम्व झल्किनुपर्छ : मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मी

    काठमाडौँ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले साहित्य र कला समाजको प्रतिविम्व भएको बताएका छन् ।

    शुक्रवार काठमाडौँमा नूर–गंगा प्रतिभा पुरस्कार गुठी २०४९, सम्मान एवं पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले लगन र त्याग एवं समर्पणले मात्रै कुनै पनि काम फत्ते गर्न सकिने बताए ।

    उनले साहित्य र कलामा समाजको प्रतिविम्व झल्किनुपर्ने बताए । उनले कला र साहित्यमा समाजको प्रतिविम्व नझल्किए समाजलाई अगाडि डोहोर्याउन नसक्ने बताए । साहित्य र कलाले नै समाजलाई मार्ग दर्शन गर्ने, समाजका कुण्ठा, पीडा देखाइदिने र अग्रगमनतिर मार्ग निर्देशन गर्ने कुरा भएको बताए ।

    उनले भने, ‘लगन र त्याग एवं समर्पणले मात्रै कुनै पनि काम फत्ते गरिन्छ, स्थापित भइन्छ भन्ने देखाउँछ पनि । वास्तवमा यो साहित्य र कला भन्नेकुरा समाजको एउटा प्रतिविम्व झल्किने कुरा हुन् । त्यसमा झल्किनुपर्छ । त्यो झल्किएन भने समाजलाई अघि डोहोर्याउँदैन ।

    यिनीहरुले नै समाजलाई एउटा मार्ग दर्शन गर्ने हो, समाजका कुण्ठा, पीडा देखाइदिने हो, अग्रगमनतिर पनि मार्ग निर्देशन गर्ने हो । हामीले देवकोटाका निवन्ध पढ्यौँ, काव्य पढ्दा कुनै न कुनै कुराको प्रेरणा र मार्ग दर्शन पाउँछौँ, आज पनि उस्तै छ ।
    युनिभर्सल टाइपको ।

    संगीत, गीत, लोकगीतले किन नहोस्, यि कुरालाई नै प्रतिविम्वित गर्दछ । समाज अघि बढ्न प्रेरित गर्दछ ।’ उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविता, काव्य, निबन्धहरु अहिले पनि युनिभर्सल रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend